प्रेस विज्ञप्ति

प्रविधिमैत्री कृषि


प्रेस विज्ञप्ति 


शुभारम्भ 


लामो समयसम्म निर्वाहमुखी कृषिमा आधारित नेपाली समाज पछि आएर प्लटिङ गर्ने वा जमीन बाँझै छाड्ने रोगले ग्रसित भयो । युवाहरुको विदेश पलायन सँगै जर्जर बनेको नेपाली भूमि र उद्योगलाई सिंचित र पोषित गर्न अनि आफ्नै माटोमा केहि गरौं भन्ने सोच भएका युवाहरुलाई साथ दिन हामी केहि नेपाली युवाहरु नेपाली कृषिलाई आत्मनिर्भर बनाउन लागि परेको र यहाँहरुको सेवाको लागि उपलब्ध रहेको औपचारिक रुपमा जानकारी गराउन चाहन्छौं ।


कृषिप्रधान देश नेपालमा नेपाली किसानहरूले वर्षौं देखि भोग्दै आएका विविध समस्याहरूको सम्बोधन गर्दै आत्मनिर्भर कृषिको विकास गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं।


हाम्रो बारेमा


पुष्पलाल चोक, विराटनगरमा केन्द्रीय कार्यालय रहेको किसानपेडिया सर्भिस प्रा. लि. सामाजिक उद्यमशीलतामा आधारित कृषि कम्पनी हो । व्यवसायिक कृषि फार्महरुसँग हामीले सहकार्य गर्नेछौं । सहज बैंकिङ र बाली बीमाको प्रयोग गर्दै उन्नत प्रविधिको कृषिका माध्यमबाट जीवनस्तर अभिवृद्धि गर्नका लागि हामीले विविध सेवाहरु उपलब्ध गराउँदै आएका छौं ।


हाम्रा सेवाहरु 


  • कृषि परामर्श
  • माटो परीक्षण
  • मल तथा कीटनाशक
  • ग्रीन हाउस, टनेल निर्माण 
  • फार्म कन्सल्टेन्सी
  • बीउ उत्पादन तथा बजारीकरण
  • कृषि उत्पादन, सामग्री संकलन तथा वितरण
  • प्याकेजिङ्ग, ब्रान्डिङ्
  • व्यवसायिक कृषिका लागि सहकार्य
  • कृषि बैंकिङ तथा बीमा परामर्श

उद्धेश्य तथा लक्ष्य 


कृषिमा आफ्नो भविष्य देखेका ती मेहेनती हातहरुसँग सहकार्य गर्दै हामी अघि बढ्न चाहन्छौं । यसै सन्दर्भमा किसानपेडिया ती सबै संस्थाहरुलाई धन्यवाद दिन चाहन्छ जसले निरन्तर कृषि उद्यमशीलताको बिकासका लागि योगदान गरेका छन्। 


हामी सामूहिक व्यवसायिक क्रियाकलापहरुमा भरोसा गर्छौं । यसर्थ माथि उल्लेख गरिएका कुनैपनि प्रकारका सेवाहरूमा दक्खल राख्ने र मिलेर काम गर्ने सोच भएका युवा, समुह वा संस्थासँग सहकार्यका लागि व्यवसायिक छलफल गर्न तैयार छौं हामी ।


हाम्रा क्रियाकलापहरु


  • राम्रो कृषि उत्पादनका लागि बाली तथा बीउबिजन छनौट, खेती गर्ने तरिका, प्राविधिक सेवा, भण्डारण तथा बजारीकरण सम्बन्धी सम्पूर्ण जानकारी
  • माटो परिक्षण तथा सो माटोमा उपयुक्त हुने किसिमको बालीको बारेमा जानकारी
  • मल तथा कीटनाशक औषधिहरुको बारेमा जानकारी, संकलन तथा बिक्री वितरण
  • बेमौसमी तथा विशेष किसिमको खेतीका लागि नर्सरी साथै टनेल निर्माण
  • व्यवसायिक खेती गर्ने किसानका लागि मासिक वा सिजनल रुपमा कन्सल्टेन्सी (परामर्श) सेवा
  • जमीन लिजमा लिई बीउ उत्पादन गर्ने तथा बजारीकरण गर्ने
  • कृषि उत्पादनहरुको संकलन, भण्डारण तथा बिक्री वितरण
  • प्याकेजिङ्ग तथा ब्रान्डिङ् सम्बन्धी कार्यहरू
  • व्यवसायिक कृषिका लागि सहकार्य
  • कृषि बैंकिङ तथा बीमा सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श सेवा 

व्यवसायिक कृषिका माध्यमबाट कृषिलाई सम्मानित पेशा बनाउनका लागि परामर्श सेवा उपलब्ध गराउने, माटो परिक्षण गर्नुका साथै माटोको ट्रिटमेन्ट गर्ने, सो माटोका लागि उपयुक्त बालीको छनौट गर्ने, मल तथा कीटनाशक औषधिहरुको संकलन तथा बिक्री वितरण गर्ने, बेमौसमी तथा विशेष किसिमको खेतीका लागि नर्सरी साथै टनेल निर्माण गर्ने, जमीन लिजमा लिई बीउ उत्पादन गर्ने तथा बजारीकरण गर्ने, कृषि उत्पादनहरुको संकलन, भण्डारण तथा बिक्री वितरणका कार्यहरू शुरू गरिसकेको र प्याकेजिङ्ग तथा ब्रान्डिङ् सम्बन्धी कार्यहरू, व्यवसायिक कृषिका लागि सहकार्य र कृषि बैंकिङ तथा बीमा सम्बन्धी सम्पूर्ण जानकारी तथा परामर्श सेवा निकट भविष्यमा शुरू गर्ने योजना हामीले बनाएका छौं।


मोबाइल : +977 974-6608593

Whatsapp: +977 974-6608593

ईमेल : rajesh@kisanpedia.com

ई-कमर्स : www.kisanpedia.com